नियम २२
म्याद र तारिख
  (१) इजलासबाट हेरिने निवेदन वा मुद्दामा लिखित जवाफ पेश गर्न विपक्षीको नाममा बाटाको म्याद बाहेक सात दिनको म्याद दिइनेछ ।
(२)उपनियम (१) बमोजिमको म्याद तथा इजलासबाट हेरिने मुद्दामा तोकिएको तारिख थाम्न पाइने छैन ।
तर,
(क) काबू बाहिरको परिस्थिति परी म्याद वा तारिख गुज्रन गएमा एक पटकसम्म बढीमा पन्ध्र दिनसम्मको म्याद वा तारिख थामिन सक्नेछ ।
ख) संविधानको धारा १३३ को उपधारा (१) बमोजिम दायर भएको निवेदनमा निवेदकले तारिख गुजारे पनि निवेदनमा उठाइएको संवैधानिक प्रश्नको निर्णय गर्न बाधा पर्ने छैन ।